MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

पूर्वी तराईका धेरै क्षेत्रमा डुबानको खतरा

काठमाडौं, साउन २८ – पूर्वी तराईका धेरै भूभागमा डुबानको खतरा बढेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेकाले पूर्वका धेरै नदीमा पानीको सतहले खतराको तह पार गरेको शाखाले जनाएको छ । 

लगातार पानी परिरहेकाले पूर्वी तराईका धेरै भूभाग डुबानको खतरा रहेको भन्दै सुरक्षित ठाउँमा बस्न शाखाका सुनिल पोख्रेलले आग्रह गर्नुभयो । उहाँका अनुसार डुबानको जोखिम भएका ठाउँको स्थानीय बासिन्दालाई शाखाले सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाएको छ ।

शाखाले सुरक्षति भएको अर्को सन्देश पठाउने भएकाले सन्देश नआएसम्म सुरक्षित ठाउँ मै बस्न पनि उहाँले आग्रह गर्नुभयो । शनिबार बेलुकासम्म देशका धेरै ठाउँमा पानी पर्ने भएकाले नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ्गले सुझाव दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सामुदायिक वनबाट वन्यजन्तु र जडीबुटी हराउँदै

    लमजुङ, पुस ३ – लमजुङका सामुदायिक वनहरुमा बहुमूल्य वन्यजन्तु र जडिबुटी हराउँदै गएको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ८ र ९ का बासिन्दाले सामुदायिक वनमा वन्यजन्तु र जडिबुटी हराउँदै गएको बताएका हुन् ।

  • वीरगंजमा चिसो बढ्यो

    पर्सा, पुस ३ –गएको केही दिनदेखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसोले जनजीवन प्रभावित भएको हो ।

  • तराईमा आज पनि हुस्सु, चिसो अझै बढ्ने

    काठमाडौं, पुस ३ – तराईमा सोमबार पनि हुस्सु लागेको छ । पूर्वी र मध्य तराईको तुलनामा अहिले पश्चिम तराईमा बाक्लो हुस्सु लागेको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।

  • जुनार उत्पादन घट्यो

    दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि ...

  • ​कुखुरापालन व्यवसायले फेरिएको दैनिकी

    डोटी, पुस २ – दिपायलकी शारदा विष्टले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । सिलगढी नगरपालिका –४, कुमालीकोटकी ३५ वर्षीया विष्टले एकवर्ष पहिलेदेखि कुखुरापालन व्यवसाय सुरु गर्नु भएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया