MENU

समाज

Ncell Axiata

बाँकेमा बाढीका कारण चारजनाको मृत्यु, एक बेपत्ता

नेपालगन्ज, साउन २८ – अबिरल वर्षापछि आएको बाढीका कारण घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका तीनजना बालिकाको ज्यान गएको छ । कमिलाल थारुका  १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कमिलालकी  श्रीमती पनि बेपत्ता हुनुभएकोे छ ।  यसैगरी त्यही स्थानको मकैबारीमा एकजना पुरुषको बेवारिसे शव पनि भेटिएको छ । बाढीबाट जोगिन घरको छतमा बसेका उनीहरु घर नै भत्केपछि च्यापिएका हुन् ।

राप्ती सोनारी ६ र ७ पुरै डुबानमा परेको छ । १ देखि ५ सम्मका वडापनि बाढीले प्रभावित भएका छन् ।  बाढीमा फसेका मानिसको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । सबै स्थानमा अहिलेसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलका अनुसार उद्धारका लागि मोटरबोट प्रयोग गरिएको छ । डुडुवा ४ र ५ मा डुडुवा खोला पसेको छ ।

राप्ती नदी किनारका होलिया, फत्तेपुर, कचनापुर, बिनौना र बैजापुरमा  बाढीमा फसेका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिने तयारी भएपनि मौसमले साथ दिएकोे छैन् । बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबानमा छ । कचनापुको टिकुलीपुर गाउँ डुबानमा परेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया