MENU

समाज

Ncell Axiata

देशका धेरै ठाउँमा बाढी तथा पहिरो, नदी आसपासका क्षेत्र जोखिममा (तस्बिरसहित)

काठमाडैं, साउन २८ – लगातारको वर्षाका कारण देशक विभिन्न क्षेत्रमा बाढी आएको छ । नदी तथा खहरे खोलमा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका धेरै क्षेत्र डुबानमा परेका छन् । यस्तै पश्चिमका बाँके, बर्दिया, दाङसहितका जिल्लामा पनि बाढीले जनजीवन प्रभावित भएको छ । देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी सुनसरीमा बाढीका कारण ६ जनाको ज्यान गएको छ । यस्तै बाढीकै कारण बाँकेमा चार जनाएको ज्यान गएको छ भने सिन्धुलीमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गएको छ । यस्तै मोरङमा खोलाले बगाउँदा दुईजनाको ज्यान गएको छ । यसैबिच तराईका धेरै भूभागमा डुबानको खतरा अझै रहेको भन्दै बाढी पूर्वानुमान शाखाले नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेकाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्नसक्ने भएकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो । शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा शनिबार बेलुका सम्म नै उच्च जोखिम छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुम्लाको तिला नदीमा जिप खस्यो

    जुम्ला, भदौ ७ – जुम्लाको पातरासी गाउँपालिकामा जिप दुर्घटना भएको छ । भे १ च २१ ४४ नम्बरको जिप सडकबाट तिला नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रु झारेर फर्कने क्रममा जिप दुर्घटना भएको र जिपका चालकको उद्धार गर्ने पहल भैरहेको प्रहरीले जनाएको छ ।

  • वर्षाको पानी जमेको खाल्डोमा पौडी खेल्दा एक बालकको मृत्यु

    सर्लाही, भदौ ७ – सर्लाहीको सलेमपुरमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर बुधबार एक बालकको ज्यान गएको छ । झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको ज्यान गएको हो ।

  • जबदीघाट पुल, गलत डिजाइनका कारण भत्किएको दाबी

    काठमाडौं, भदौ ७ – नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

  • खेलिरहँदा छतबाट खसेर बालकको मृत्यु

    झापा, भदौ ७ – घरको छतबाट खसेर झापामा एक बालकको ज्यान गएको छ । मेचीनगर नगरपालिका-१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षका छोरा जोना रसालको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

    रामेछाप, भदौ ७ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्वा गाउँपालिका वडा नं ३ टोकरपुरका धनबहादुर थापामगरको ज्यान गएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया