MENU

समाज

Ncell Axiata

डोटीका गाउँका सडकमा वर्षाले बिजोग

विमल विष्ट/उज्यालो । 

डोटी, साउन २८ – डोटीमा जथाभावी डोजर प्रयोग गरेर खनिएका ग्रामीण सडकमा वर्षासँगै गाडी गुड्न सकेका छैनन् । वर्षा सुरु हुनासाथ पहिरो खस्ने गरेकाले गाडी चलाउन समस्या भएको छ । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका छन् । त्यस्ता सडकमा ग्रेड नमिल्ने, साँघुरो, जथाभावी खनिएको स्थानीय बासिन्दाको आरोप छ । गाडी चलाउनै नमिल्ने गरी बिग्रीएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय लिलाधर बिष्टले बताउनुभयो । डोटीका गाउँगाउँमा पछिल्लो केही समय यता सडक पुर्‍याउने होड बाजी चलेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया