MENU

समाज

Ncell Axiata

बाढी–पहिरो प्रभावितको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको सरकारको दाबी

काठमाडौं, साउन २८ – बाढी, पहिरो र डुबान प्रभावित जिल्लामा उद्धारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले दाबी गरेको छ ।

झापा, मोरङग, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके लगायतका प्रभावित जिल्लामा खोजी, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा सेना, प्रहरी र तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले प्रभावित जिल्लाका नागरिकलाई सर्तक रहन र खोज, उद्धार र राहतमा सहयोग गर्न सार्वजनिक अपिल पनि गरेको छ ।

मन्त्रालयका प्रवक्ता दिपक काफ्लेका अनुसार आवश्यकता अनुसार हेलिक्प्टरको परिचालन गरिएको छ भने सञ्चार सम्पर्क हुन नसक्दा केहि जिल्लामा जनशक्ति खटाउन समस्या भैरहेको छ । उहाँका अनुसार बाढी पहिरोले २२ जानको ज्यान गएको अनौपचारिक जानकारी आएपनि अझै पुष्टि हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया