MENU

समाज

Ncell Axiata

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद र नगेन्द्रको उम्मेदवारी, ११ जना निर्बिरोध, ८६ जना प्रतिस्पर्धामा

दिपक पुडासैनी/दोहा । 

साउन,२८- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान र नगेन्द्र (नबिन) प्रसाद पोख्रेलको उम्मेदवारी परेको छ । आउँदो भदौ १६ गते हुने निर्वाचनका लागि निर्धारित समय शुक्रबारसम्म दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रथम उपाध्यक्षमा तेज कटुुवाल, भेषराज पराजुुली, पुुर्ण बहादुुर पोखरिया र ठाकुुर कुुमार परियार, द्वितिय उपाध्यक्षमा सुुदर्सन भट्ट, रामजी गिरी र अख्तर गद्वी, तृतिय उपाध्क्षमा केशब ढकाल तथा देबकी (देबिका) केसी गुुरुङले मनोनयन दर्ता गराउनु भएको छ ।  त्यसैगरी महासचिवमा अशोक कुुमार तमाङ, नबराज बिक र बुुधवल गुुरुङको मनोनयन दर्ता भएको छ । सचिबमा २ जनाको लागी ६ जनाको उम्मेरदवारी परेको छ । रामजी खत्री, पदम गिरी, दिल कुुमार श्रेष्ठ, सोहलअख्तर अन्सारी, युुबराज शर्मा र माइला वाइबाले सचिवमा उम्मेदवारी दिनुभएको छ । 

कोषाध्क्षमा उत्तम गुुरुङको मात्रै मनोनयन दर्ता भएको छ । तर सह कोषाध्क्षमा खड्ग बहादुुर खत्री र मोहम्मद उम्मेर आलमले उम्मेदवारी दर्ता गराउनु भएकोृ छ । 

महिला संयोजकमा सरिता गुुरुङले र युवा संयोजकमा  लोकमाया (माया) क्षेत्री र डिल्लीराम भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएकमो छ । २ जना महिला सदस्यका लागी सपनापुुनको मात्रै उम्मेद्वारी परेको छ ।

खुुल्ला सदस्यतर्फको ६ जनाको लागी १८ जनाको उम्मेदवारी परेको छ । यस्तै लेखा समितिको संयोजकमा राम प्रसाद गौतम र मुुख्तार आलमले मनोनयन दर्ता गराउनु भएको छ । प्रदेश तथा विभिन्न् समितिमा पनि तोकिएको कोटाभन्दा धेरैको उम्मेदवारी परेको छ । 

११ जना निर्बिरोध 

कोषाध्यक्षमा उत्तम गुुरुङ, महिला संयोजकमा सरिता गुुरुङ, महिला सदस्य सपना पुुन, प्रदेश नं ६ का सदस्य बसन्त कँुवर, प्रदेश नं ७ को सदस्य नरेश प्रसाद जैसी, मुुस्लीम समुुदायबाट शेख अब्दुुल खलिक र मोहम्मद उज्जेर, दलित समुुदायबाट भिम सुुनार र छबिलाल सुुचिकार तथा तराई मधेसबाट वलि ठाकुुर र विश्वनाथ ठाकुुर हजाम निर्बिरोध निर्बाचित हुनु भएको छ ।

सन् २०१७ –२०१९ को कार्यकालका लागि कतारको एनआरएनएमा परिषद सदस्य संख्या २ हजार २ सय ९८ छ  । अघिल्लो कार्यकालभन्दा ५ सय १० कम हो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया