MENU

समाज

Ncell Axiata

चितवनको माडी क्षेत्रका दुई सय घर डुबानमा

चितवन, साउन २८ – दुई दिनदेखि परेको अविरल वर्षाका कारण चितवनको माडी नगरपालिकामा रहेको रिउ खोलामा आएको बाढीले  दुई सयवटा घर डुबानमा परेका छन् । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको बताउनुभयो । राति डुबानमा परेका घरबाट स्थानीय बासिन्दा अग्ला ठाउँमा गएर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नम्बर ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तिपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीय बासिन्दाले बताएका छन् । 

वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि  सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पुर्‍याएपछि यो सडक पनि अवरुद्ध बनेको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया