MENU

समाज

Ncell Axiata

सप्तरीमा दुई हजार घर डुबानमा

राजविराज, साउन २८ – अबिरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा आएको बाढीका कारण झण्डै दुई हजार दुई सय घर डुबानमा परेका छन् । बाढीका कारण पाँच सय परिवार विस्थापित भएका छन् ।

जिल्लाको खाँडो, जिता, बिहुल, त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका बस्ती डुबानमा परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको बस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् ।

कोशी नदीको पानी पसेर हनुमाननगर योगिनीमाई नगरपालिकाको वडा नम्बर ७ र १४  मल्हनियाँ टोलको ३ सय १० घर डुबानमा परेका छन् । यहाँका ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिवथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र १५ को देउरी भरुवासहितका बस्ती जलमग्न भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया