MENU

समाज

Ncell Axiata

मोरङका २ हजार ३ सय घर डुबानमा

सुमन तिमल्सिना/उज्यालो । 

मोरङ, साउन २८ – झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीका धेरै क्षेत्र जलमग्न छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाको कारण मोरङका विभिन्न खोलामा आएको बाढी गाउँ पस्दा सयौं घर डुबानमा परेका छन् । विराटनगरका धेरै प्रभावित ठाउँ मध्येको पोखरियामा सिँगिया खोला गाउँ पसेको छ । वर्षाको कारण अधिकांश क्षेत्रको जनजीवन प्रभावित मात्र भएको छैन धेरै ठाउँका विस्थापित भएका छन्  । विराटनगरको कोशी राजमार्ग पश्चिमको क्षेत्र डुबानमा परेको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज पनि डुबानमा परेको छ । विराटनगर–१ पोखरीयाका ३५ घर विस्थापित भएका छन्  ।  वर्षाले विराटनगर महानगरपालिका ४, ५, ६, ११ र १२ नम्बर वडामा अन्दाजी ६ सय  घर डुबानमा परेको छ । पीडित परिवारलाई आफन्त तथा छिमेकीको घरमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसैगरी मोरङको रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका–५ प्रहरी चौकी गोबिन्दपुरमा पानी पसेर डुबान भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया