MENU

समाज

Ncell Axiata

७ वर्षका बालक खोलामा मृत भेटिए

खोटाङ, साउन २८ – खोटाङको केपीलासगढी गाउँपालिका-४ बाक्सिलाका ७ वर्षका रोविन राई मृत भेटिएका छन् । साउन २३ गतेदेखि हराएका बालक केपिलासीगढी गाउँपालिका-५ स्थित तापखोलामा पानीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । 

माछा मार्न गएका स्थानीय बासिन्दाले बालक खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया