MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

‘भान्सा र भात पकाइरहेको फोटो पनि के हाल्नु र फेसबुकमा ?’

काठमाडौं, साउन २८ – ‘नेपाल सरकारको सेवाबाट निवृत भएपछि कवि तथा गीतकार भावेश भूमरीले पटकपटक फेसबुक एकाउण्ट खोल्न घच्घच्याउथे । उनले भन्थे दुरुपयोग नगर्ने हो भने त्यसको फाइदा नै छ ।’ 

वरिष्ठ कवि तथा गीतकार दिनेश अभिकारीले कवि भूमरीको आग्रहपछि मात्रै फेसबुक एकाउण्ट खोल्नुभएको थियो । सामाजिक सञ्जालमा जस्ता पनि फोटोहरु राख्ने चलन छ । खाना खाँदाको पनि, खाना पकाउँदाको पनि तस्बिर फेसबुकमा । तर कवि अधिकारीलाई भने केही पृथक खालका तस्बिरहरु फेसबुकमा राख्न मन लागेछ । 

उहाँ भन्नुहुन्छ, ‘मलाई भात पकाइरहेको फोटो राख्न मन लागेन । भान्साको फोटो राख्न मन लागेन । त्यस्तै पारिवारिक फोटो मन राख्न मन लागेन । म केटाकेटी हुँदादेखि नै तस्बिरहरु विवरणसहित राख्दथेँ । फेसबुकमा मैले विवरणसहित फोटोहरु राख्न थालेँ ।’ सधैँ विवरणसहितका पुराना फोटोहरु फेसबुकमा राख्न थालेपछि अधिकारीलाई भेट्नेहरु अर्काे फोटो कहिले राख्नुहुन्छ भनेर सोध्न थाले । 

कतिपयले त तस्बिरहरुको पुस्तक नै प्रकाशन गर्न पनि दबाब दिए । त्यही दबाब र हौसलाका कारण ‘यो सम्झिने मन छ  म बिर्सुँ कसरी’ जस्ताका गतिका सर्जक अधिकारीले दुर्लभ फोटोहरुको विवरणसहितको पुस्तक ‘तस्बिरको कथा’ पुस्तक प्रकाशन गर्नुभयो । 

मदन पुरस्कार विजेता कवि दिनेश अधिकारीको ‘तस्बिरको कथा’ को सुरुमै नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालासँगको तस्बिर रहेको छ । कवि अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नारायणगोपालसँग खिचाएका तस्बिर र अनुभव समेट्नुभएको  छ । पुस्तकको चर्चा गर्दै प्राध्यापक डा. अभि सुवेदीले भन्नुभयो, ‘यो जीवन्त फोटोग्राफीको किताब हो । यसमा वर्तमान समयको प्रमिल दस्तावेज छ ।’

त्यस्तै वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानले अधिकारीको पुस्तकले आफ्ना पुराना दिन सम्झाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूपी शेरचन मेरो साथी हो । उहाँहरु पाल्पा गएर अँगालो हालेर तस्बिर खिच्नुभएको रहेछ ।’ गायक प्रधानले अधिकारीको पुस्तकले आफूलाई पनि यस्तै प्रकृतिको पुस्तक प्रकाशन गर्न  प्रेरणा मिलेको बताउनुभयो । 

समालोचक महेश पौड्यालले ‘तस्बिरको कथा’ मा पुस्तकले विविध पक्ष समेटेको बताउनुभयो । उहाँले वर्तमान समयमा यस्तो पुस्तक निस्कनु प्रशंसनीय भएको भन्दै भन्नुभयो, ‘उहाँ राजा विरेन्द्रसँग पनि हुनुहुन्छ र तत्कालिन विद्रोही माओवादीसँग पनि हुनुहुन्छ ।’

शुक्रबार भृकुटीमण्डपमा विमोचन भएको ‘तस्बिरको कथा’ बुकआर्ट नेपालले प्रकाशन गरेको हो । विभिन्न ऐतिहासिक क्षणलाई वर्णन गर्ने यो पुस्तकको मूल्य ५ सय ५ रुपैयाँ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • साहित्यकार पहारीको निधन

    पाल्पा, पुस १ – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ ।

  • प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

    तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

  • स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

    काठमाडौं, मंसिर १९ – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

  • नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

    नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा मंसिर १९ गते मंगलबार प्रदान गर्ने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया