MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

मिलन तिमिल्सिना-

साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया लगायत जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

कतिको ज्यान गएको छ, केही बेपत्ता छन् । हजारौं नागरिक विस्थापित हुनु परेको छ । ठाउँठाउँमा सडक भत्किएका छन् । ठूला नदीमा मात्रै होइन, ससाना खोलामा समेत बाढी आएपछि नदी खोला किनारमा घर हुनेलाई त्रास बढाएको छ । काठमाडौंकै कतिपय ठाउँ समेत डुबानमा परेका छन् ।

विराटनगर विमानस्थल त बन्दरगाह जस्तै भएको छ । विमानस्थल जलमग्न हुँदा धावनमार्गमा रहेको जहाज डुब्नै लागेको तस्बिर सार्बजनिक भएको छ । यसअघि विमानस्थलमा पानी जमेर जहाजै डुब्न लागेको घटना बाहिर आएको थिएन । यसपाली जहाज समेत डुबाउन खोज्नेगरी पानी परेको छ ।

जहाज डुबाउन खोजे पनि विमानस्थलमा क्षति भने भएको छैन । तर तराईका अरु धेरै ठाउँका बासिन्दा बिचल्लीमा परेका छन् । कतिले परिवार र आफन्त गुमाउनु परेको छ । धेरैका घर र धनमाल डुबेका छन् ।

वरपर ओभानो भन्ने ठाउँ कहिँ कतै छैन । चुल्हो कहाँ बाल्ने ? बाल्ने ठाउँ पाएपनि के पकाउने ? के खाने ? कहाँ सुत्ने ? धेरैको बिजोग छ । कतिपयसँग शरीरमा भएका एकसरो लुगाबाहेक अरुथोक भन्ने केही छैन । यतिबेला बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्कार उद्धार र राहतको खाँचो छ । डुब्न लागेकालाई सिन्काकै मात्र भएपनि सहारा काफी हुन्छ । तर सिन्का समाएर उठ्न सक्ने तागत चाहिएको छ ।

सरकारले बाढी प्रभावितको उद्धारको लागि तालिमप्रपाप्त सुरक्षाकर्मी र अरु उपलव्ध जनशक्तिको परिचालन गरेर उच्च प्राथमिकताका साथ काम भइरहेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढीपहिरो प्रभावित जिल्लाका प्रशाशन प्रमुखलाई सम्पर्क गरेर उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिनुभएको छ ।

तर बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी हुन सकेको छैन । सुरक्षा निकाय र प्रशासन कार्यालय नजिक भएका ठाउँमा प्रभावितले केही साथ पाएका छन् । तर विकट ठाउँका प्रभावितले सरकारी साथ र सहयोग पाउन सकेका छैनन् । बाढी पहिरो प्रभावित सबै क्षेत्रमा सरकारले उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन ढिलो भैसकेको छ ।

विपतको योबेला सरकारी निकाय मात्र होइन, राजनीतिक दलको सक्रियता पनि बढ्नुपर्ने खाँचो छ । अझ तराई मधेशका नागरिकको हक, हित र अधिकारको पक्षमा कुरा गरेर नथाक्ने नेताहरु त झन् बढी जिम्मेवार हुनुपर्ने हो ।

बाढी र डुबानले पीडित तराईका नागरिकलाई यतिबेला सहयोग गर्ने हात र साथ चाहिएको छ । सरकार, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक संघसंस्था र तपाईं हाम्रो सानो प्रयास पनि यतिबेला प्रभावितका लागि ठूलो सहारा बन्न सक्छ । 

तस्बिर:बसन्त ढुंगानाको फेसवुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कांग्रेस हार्‍यो, तर देउवा र देशले हारेनन्

    यो सफलताले यसअघि देउवामाथि लाग्दै आएको ‘असक्षम’ र ‘भर पर्न नसकिने’ नेताको उपनाम च्यातिएको छ । नेतृत्वकर्ताका हैसितमा सम्बन्धित पार्टीलाई चुनावमा सफलता दिलाउन सक्नु नेतृत्वकर्ताको पहिलो कर्तव्य हो । तर, योपटकको चुनावमा देउवा त्यो दायित्व पूरा गर्न चुके पनि देशप्रतिको दायित्व पूरा गर्नुभएको छ ।

  • किन हार्यो कांग्रेसले ?

    तर यसपटकको चुनावको जुन नतिजा आएको छ त्यो नेपाली कांग्रेसको दुर्भाग्य हो । नेतृत्व तहमा बस्नेले अरुको कुरा सुन्नुपर्छ भनेर कानमा कपास कोचेपछि हामी जस्ता प्रजातन्त्रको शुभेच्छक सामान्य व्यक्ति (जसलाई भुसुनाको रुपमा हेर्ने चलन छ ) राम राम भन्नु बाहेक अरु के पो गर्न सकिदो रहेछ र ?

  • चुनावका लागि दिइने चन्दाले देशलाई पार्ने दीर्घकालीन असर

    अहिले राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी चन्दा उठाइरहेका छन् र त्यस्तो चन्दाको स्रोत उद्योगी व्यवसायीलाई बनाइरहेका छन् । चन्दा दिनेले पनि आफ्नो घर घरनाबाट दिने त होइन, आफ्नो बाउ बाजेको सम्पत्ति बेचेर त कसैले पनि दिँदैनन् ।

  • नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा

    चुनाव अगाडि दुईवटा टिप्पणीहरु नोट गरेको थिएँ । एक, ‘विवेकशील साझा पार्टीका मतदाता विदेशमा छन् ।’ अर्को ‘बिजुक्छेलाई प्रशंसा गर्नेहरुले मत पनि उनको पार्टीलाई दिए हुन्थ्यो ।’

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो । शरीरमा इन्सुलिन उत्पादनमा घटबढ भयो अथवा उत्पादन नै भएन भने मधुमेह हुन्छ । यो दीर्घरोग हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया