MENU

अर्थ

Ncell Axiata

धितोपत्र बजार : झण्डै चार अर्बको कारोबार

काठमाडौं, साउृन २८ – धितोपत्र बजारमा यस साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १ सय ६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५ सय ८० कित्ता शेयर कारोबार भएको हो । 

गएको साता १ सय ६७ कम्पनीको पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार ४ सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ५२ अङ्कले घटेर अन्तिम दिन एक हजार ६५३ दशमलव ५३ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ०८ अङ्कले घटेर ३४७ दशमलव ०३ अङ्कमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा छ । सो कोषको १९ करोड ५३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै शेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । सो स्किमको ३१ लाख २७ हजार कित्ता शेयर कारोबार भएको थियो । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । यस साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको बोनस र साधारण शेयर स्टकमा सूचीकृत भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

  • ​मंगलबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

    काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

  • शेयर बजारमा फर्कियो रौनक, लगानीकर्ता उत्साही

    काठमाडौं, असोज ३० – कारोबार भएकामध्ये सबैजसो शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से सोमबार ४६ दशमलव ६२ अंकले बढेको छ । घट्दो क्रममा रहेको शेयर बजार आज भने लगानीकर्तालाई हौस्याउने गरेर बढेको हो ।

  • बैंक नहुँदा स्थानीय तहका बासिन्दालाई समस्या

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज ३० – तेह्रथुमका चार वटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया