MENU

समाज

Ncell Axiata

​४० वर्ष पुगेपछि महिलालाई रजोनोवृत्त हुन्छ

ललितपुर, साउन २८ – महिलाको रजनोवृत्त अवस्था अर्थात् रजस्वला रोकिने समयमा विभिन्न खालका समस्या आइपर्ने स्त्री रोग विशेषज्ञ डाक्टर अचला वैद्यले बताउनुभएको छ । 

मनोपोज सोसाइटी अफ नेपाल र नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा भएको अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर वैद्यले ४० वर्ष पुग्न लागेका महिलामा यो समस्या देखा पर्न सुरु गर्ने बताउनुभयो । 

रजनोवृत्त रोग नभई प्रक्रिया भएकोले जब महिलाको अण्डासयले अण्डा उत्पादनको दर घटाउँछ तब यो अवस्था सुरु हुन्छ । महिलामा रजनोवृत्तको प्रक्रिया सुरु भएमा मानसिक अवस्था परिवर्तन हुने, निराश हुने, गर्मी हुने, निदाउन नसक्ने, यौन सम्बन्धी समस्या, पिसाब गर्न कठिनाई, उच्च रक्तचाप, मधुमेह तथा स्मरण शक्तिमा ह्रास आउने हुन्छ ।

यस्तो समस्या देखा पर्न थालेमा आत्तिनहाल्न डाक्टर वैद्यले सुझाव दिनुभयो । उहाँका अनुसार यो अवस्था सुरु भएपछि पौष्टिक तत्व धेरै खाने, शान्त रहने, आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्ने गर्नुपर्छ । यो समस्या रजनोवृत्तको प्रक्रिया हो अथवा होइन भन्ने पक्का गर्न चिकित्सक कहाँ जानुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया