MENU

समाज

Ncell Axiata

बाढी प्रभावित जिल्लामा यसरी खटिँदै छ सेना

काठमाडौं, साउन २८ – शुक्रबार परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँकेलगायत जिल्लामा आएको बाढी तथा डुबानपछि नेपाली सेना उद्धारमा जुटिरहेको छ । डुबानमा परेका इलाकाहरुमा नजिकै तैनाथ नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा लागिरहेको सेनाले जनाएको छ ।  

बढी प्रभावित सुनसरी र मोरङमा शुक्रबार मध्यरातबाट नै खोज तथा उद्धारको लागि फौजहरु परिचालित भइरहेका छन् । सुनसरीमा डुबानमा परेको जानकारी पाउनासाथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको सेनाले जनाएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोबाट ज्यान गएका ४ जनाको शवलाई पहिरोबाट निकाल्न र पहिरोमा परेका एक जनाको जिवितै उद्धारमा  सेनाले सहयोग गरेको छ।  

बाँकेमा समेत खोज तथा उद्धार कार्यको लागि सेनाले काम गरिरहेको छ । सुर्खेतबाट सेनाको हेलिकोप्टर ल्याएर समेत उद्धारको काम भइरहेको छ ।  बाढी तथा डुबानमा परेका स्थानीय बासिन्दाको खोज तथा उद्धार कार्यमा मद्दतको लागि दुईवटा मोटरबाट चल्ने डुंगा र एक वटा रबर बोट लगायत अन्य आवश्यक इक्वीमेन्टसहति तीनवटा रेस्कू टिम तयारी अवस्थामा रहेको सेनाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया