MENU

समाज

Ncell Axiata

युएईमा नेपालीलाई नचाए बद्री र प्रियाले

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, साउन  २८ – आबुधाबीको ब्यस्त ठाउँ हो बस टर्मिनल ।  यो नेपालीहरुको जमघट हुने ठाउँ पनि हो । यसैको छेवैमा रहेको अबुधबी फल्क थिएटरमा शनिवार गाउँमा बच्ने तीजका गीत, रातो साडी र चुरापोतेमा सजिएका महिलाको उपस्थितीले गाउँकै झल्को दिन्थ्यो ।
 
६ सय भन्दा बढी नेपाली महिला यो थिएटरमा जुटेका थिए । हातमा मेहेन्दी , कम्मरमा पटुकी , रातो र हरियो साडीमा को भन्दा को कम भने झैं देखिए ।  त्यसो त कम्मरै भाच्ने र रमाइलो गर्नेमा महिला मात्रै थिएनन । पुरुषहरुले पनि तालिमा तालि  मिलाईरहेका थिए । यो दृश्य प्रवासी मन्च आबुधाबी राज्य कमिटीले शनिबार गरेको तीज विशेष कार्यक्रमको हो ।
युएईमा कार्यरत स्थानीय नेपाली कलाकार दिपक(दिपा) गुरुङ, कृतिका लामा , ममता गुरुङ लगायतको नृत्य, विक्रम परियार, लेखनाथ न्यौपाने लगायतले गीत गाएर सुनमा सुगन्ध भरेका थिए । कार्यक्रममा चर्चित लोक गायक बद्री पङगेनी र गायिका प्रिया भन्डारीको प्रस्तुतीले थिएटरमा उपस्थित सबैलाई नचायो । 
तीज आउन दुई साता बाँकी भएपनि परदेशमा चाड मनाउन पाएकाले कम्पनीबाट बिदा मिलाएर आएको  मोरङको उर्लाबारीकी रमिता लुईटेलले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावास आबुधाबीका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डन सहित अन्य अधिकारी पनि सहभागी भए । 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया