MENU

समाज

Ncell Axiata

उद्धारमा गएको प्रहरी टोलीको डुङ्गा पल्टियो, पिपलको रुखमा चढेर बाँचे

बाँके, साउन २८ – नरैनापुर गाउँपालिका-५ तल्लो भगवानपुरमा बाढीबाट जोगिन नेपाल राष्ट्रिय प्राविको छतमा बसेका एकजनाको प्रहरीले उद्धार गरेको छ । 

उद्धार गर्न दुई जना प्रहरी जवान पौडी खेल्दै गएको र तत्काल पानीको बहाव बढेपछि उनीहरुसमेत छतमा अड्किएका थिए । उनीहरुको उद्धार गर्न ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ प्रहरी र ६ जना स्थानीय गरी १० जना डुङ्गा चढी गएका थिए । उनीहरु चढेको डुङ्गा पल्टँदा सबै टोली पौडीएर नजिकै रहेको पीपलको रुखमा चढेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।  

प्रहरी टोली झण्डै ४ घण्टा रुखमा बसेको र पानीको बहाव घट्दै गएपछि छतमा अड्र्किका व्यक्तिको उद्धार गरिएको हो ।
यसैगरी बाँकेकै सोनारी गाउँपालिका–१ स्थित गाभर खोलामा आएको बाढीले खोलाको पुलको पूर्वतिरको भाग कटान गरी पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया