MENU

समाज

Ncell Axiata

​दाउन्ने पहाडमा सडक भासियो, २२ घण्टादेखि आवागमन ठप्प, हजारौं यात्रु अलपत्र

नवलपरासी , साउन २८ – नवलपरासीको पहाडी क्षेत्रमा पहिरो र समथर क्षेत्र जलमग्न भएको छ । शुक्रबारदेखि लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने पहाडमा सडक भासिएको छ भने जिल्लाको समथर भुभाग डुबानमा परेको छ ।

दाउन्नेमा शुक्रबार राति १० बजे सडक भासिएपछि पुर्वपश्चिम राजमार्ग गएको २२ घण्टादेखि ठप्प भएको छ । कुनै गाडी चल्न पाएका छैनन् । गन्तव्यका लागि हिडेका हजारौं यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने प्रयाास गरिए पनि लगातारको वर्षाका कारण यातायात खुलाउन सकिएको छैन । 

बर्दघाट एस मोडदेखि झण्डै २ किलोमिटर क्षेत्रमा सडक भासिएपछि आवागमन सुचारु गर्न कठिनाइ हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले बताउनुभएको छ । प्रहरीले दर्जनौं स्थानमा पहिरो गएको तथा १० मिटर जति लम्बाइको सडक भासिएका कारण यात्रुहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको छ ।

बाटो अवरुद्ध भएपछि सवारीको लामो लाइन लागेको छ । दाउन्ने पूर्व दुम्किबास र अरुणखोलाको जंगलसम्म तथा पश्चिममा बर्दघाट भुतहासम्म झण्डै २० किलोमिटरसम्म सवारी साधनको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले दुःख पाएका छन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया