MENU

समाज

Ncell Axiata

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भावुक योगी/उज्यालो । 

बर्दिया, साउन २८ – अबिरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढेपछि बबई र भादा नदी किनारका बस्तीमा बाढीको खतरा बढेको छ । बबईमा बाढी खतराको संकेत नाघेर बढेको भए पनि पानीको सतह मापनस्थल चेपाङ्गमा अहिले बाढी घट्दो छ तर भादा नदीमा बाढी बढेको छ ।   

भादा पुलदेखि पूर्वतर्फ सदरमुकाम गुलरीया नेपालगंज सडकमा बाढी आइसकेकाले सवारी साधन ओहोरदोहोर अबरुद्ध भएको छ । भादा नदी आसपासका केही स्थान जलमग्न भएको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बताउनुभयो । 

बाढी पस्न सक्ने भन्दै बबई र भादा नदी किनारका बासिन्दालाई सर्तक भएर नआत्तिएर सुरक्षित स्थानमा जान प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले आग्रह गर्नुभएको छ ।

बबई नदीको पानीको सतह मापन केन्द्र चेपाङ्गमा बाढी घटदै गए पनि अझै पनि नदीमा पानीको सतह खतराको लेभर भन्दामाथि पुगेको छ । भादा नदीमा बाढी आएपछि सदरमुकाम गुलरियाका बासिन्दा त्रसित छन् ।

बाढी बढन सक्ने भएकाले सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार बबई नदी, मान खोला, ओराही खोला लगायतका स्थानिय खोलामा आएको बाढीका कारण बर्दियामा २०६ घर डुबानमा परेका छन । १६ घर पूर्ण रुपमा क्षति भएको र १ हजार ३० परिवार प्रभावित भएका छन् । 

यस्तै जिल्ला आपतकालिन काम सञ्चालन केन्द्र बर्दियाका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार बबई नदीको बाढीका कारण बारबर्दिया नगरपालिका १० गन्दर्भ टोलका २९ वर्षका राजेन्द्र थारु बबई नदीको बाढीमा बगेका काठदाउरा छोप्न जाने क्रममा थारुलाई नदीको बाढीले बेपत्ता बनाएको छ । 

बबई नदीको किनार चेपाङ्गमा बाढीले घर भत्काउँदा तीन जना घाइते भएका छन् । घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । बबई नदीमा बाढी आउन सक्ने खतरा बढेपछि नदी किनारका स्थानिय बासिन्दा खाद्यन्न लगायतका सामाग्री बोकेर सुरक्षित स्थानमा जान थालेका छन् । 

अबिरल वर्षाका कारण स्थानीय खोला र कुलामा पानीको सतह बढेकाले सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । २०७१ साल साउन २९ र ३० गते बबई नदीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । 

 

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

भादामा बाढी बढ्दै, सडक अवरुद्ध, गुलरिया जलमग्न, सतर्क रहन आग्रह

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया