MENU

राजनीति

Ncell Axiata

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीले भने - तपाइँहरु काठमाडौं बस्ने होइन

काठमाडौं, साउन २८ – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ ।  

शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन गर्नुभएको हो । ‘बाढीले तराईमा ठूलो धनजनको क्षति पुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभयो, ‘तपाईंहरु अब काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीले बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा सरकारले जुनसुकैसहयोग गर्न तयार रहेको बताउँदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई, नागरिक समाजलाईसमेत अपिल गरेर अघि बढ्न पनि निर्देशन गर्नुभएको छ । 

प्रधानमन्त्रीले डाकेको बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गर्नुभएको थियो । गृहमन्त्रीले मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको व्रिफिङ गर्नुभएको थियो । 

बैठकमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिईसकेको बताउँदै मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्दार टोली खटाईएको जानकारी गराउनु भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया