MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

पाकिस्तानः सेनाको गाडीमा बम आक्रमण, १५ जनाको मृत्यु

साउन २९ – पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ । ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक रहेका छन् । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया