MENU

खेल

Ncell Axiata

चेल्सीलाई सुरुवातमै लाग्यो गम्भीर धक्का, काहिल र फाब्रिगासलाई रेड कार्ड

साउन २९ – साबिक विजेत चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको यो सिजनको पहिलो खेलमा ९ खेलाडीमा सीमित भएको चेल्सी बर्नलीसँग ३–२ ले पारजित भयो । ग्यारी काहिल तथा सेस फाब्रिगास रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भएको हो । १४ औं मिनेटमा काहिल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफमा १० खेलाडीमा सीमित भएको चेल्सीले तीन गोल खायो । बर्नलीका लागि साम वोक्सले २४ र ४३ औं मिनेटमा गरी दुई गोल गरे भने ३९ औं मिनेटमा  स्टिफन वार्डले एक गोल गरे ।पहिलो हाफमा ३–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा खेलमा फर्किने प्रयास ग¥यो । ६९ औं मिनेटमा यहि सिजन रियल मड्रिडबाट आएका अल्भारो मोराटाले चेल्सीका लागि पहिलो गोल गरे । ८१ औं मिनेटमा फाब्रिगास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भयो । ८८ औं मिनेटमा डेविड लुइजले गोल गर्दै चेल्सीलाई ३–२ को अवस्थामा ल्याए पनि हारबाट जोगान भने सकेनन् । साबिक विजेतालाई लिगको पहिलो खेलमा नै हराएर बर्नलीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया