MENU

खेल

Ncell Axiata
NIC Asia

वायने रुनीका लागि विशेष क्षण, गरे विजयी गोल

साउन २९ – एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले स्टोक सिटीलाई १–० ले हराएर विजयी सुरुवात गरेको हो । १३ वर्षपछि क्लब फर्किएका वायने रुनीको गोलबाट एभर्टनले जित निकालेको हो । यो सिजन रुनी म्यानचेस्टर युनाइटेडबाट एभर्टन गएका हुन् । उनी सन् २००४ मा एभर्टनबाट युनाइटेड आएका थिए । एभर्टनलाई जिताउन खेलको पहिलो हाफको इन्जुरी समयमा रुनीले गरेको सुन्दर गोल निर्णायक बन्यो । रुनीले एभर्टनका लागि लिगको पहिलो खेलमा विजयी गोल गर्न पाउँदा आफू निकै खुशी भएको बताएका छन् । यो क्षण आफ्ना लागि विशेष रहेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस