MENU

समाज

Ncell Axiata

भूकम्पको अनुभव काम लागेन, बाढी प्रभावितको सहारा को ?

मिलन तिमिल्सिना/उज्यालो । 

काठमाडौं, साउन २९ – पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । तराईका बासिन्दा सबैभन्दा बढी मारमा छन् । कतिपयका परिवार र आफन्तको ज्यान गएको छ । हजारौं घर छाडेर विस्थापित हुनु परेको छ । धेरै बाढी प्रभावित भोकै छन् । ज्यानमा एकसरो लुगाबाहेक अरुथोक छैन ।

पानी थामिएला र डुबेको घरभित्र केही बाँकी छ कि भनेर खोज्ने पखाईमा छन् । तर बिहीबारदेखि लगातार परेको झरी अझै थामिएको छैन । सोमबारसम्मै झरी पर्ने मौसमविदको भनाई छ । मौसमविदका अनुसार अहिलेको वर्षा अस्वभाविक खालको छ । मौसमविदको अनुमान र झरी परिरहेको कारण बाढी पहिरोले अझै क्षति गर्ने सम्भावना छ । त्यसैले देशभरका नागरिकले अझै सावधानी अपनाउनुपर्ने खाँचो छ ।

बाढी पहिरोले प्रत्यक्ष प्रभाव पारेका नागरिकलाई मात्र होइन, आम नेपाली बाढी पहिरोबाट भएको क्षतिबाट पीडित छन् । पहाडमा पहिरो खस्दा तराईलाई पीडा भएको छ । तराईमा बाढी पस्दा पहाडलाई पीडा थपिएको छ ।

बाढी प्रभावितलाई तत्काल उद्धार तथा राहतको खाँचो छ । तर लगातारको झरीले राहत तथा उद्धारको काममा कठिनाई भएको छ । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी निकायले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार तथा राहतको काममा खटिन निर्देशन दिएपनि काम प्रभावकारी हुन सकेको छैन ।

एक त बाढी पहिरोजस्ता विपतको बेला गर्नुपर्ने पूर्व तयारी नै सरकारी निकायसँग छैन । दुई वर्षअघि भूकम्प गएको बेला विपतको बेला गर्नुपर्ने पूर्व तयारीबारे धेरै कुरा भए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले थरीथरीका उपाय सिकाए । खाद्यान्न, पानी, औषधी, आपतकालिन आश्रयस्थलको तयारीबारे कुरा धेरै भयो । तर भूकम्पजस्तै बाढी, पहिरो, आगलागीजस्ता विपतको बेला कसरी सावधानी अपनाउने, विपतको कसरी सामना गर्ने अनि उद्धार तथा  राहतको कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे धेरै कुरा भएपनि व्यवहारमा काम भएन ।

यसपाली पनि सरकारले बाढी पहिरोले क्षति गरिसकेपछि हतार हतार बैठक बसेर निर्देशन दिने र त्यसपछि उद्धारमा तात्ने परम्परावादी र कर्मकाण्डी काम मात्र गर्न सक्यो । बाढी पहिरोजस्ता विपत्तीलाई त रोक्न सकिंदैन । तर त्यसको क्षतिलाई रोक्न सकिन्छ । बाढी आउँदैछ भन्ने थाहा भएपछि तटबन्ध बलियो बनाएर वस्ती जोगाउन सकिन्थ्यो । अनि तत्काल उद्धार तथा राहतको लागि पूर्व तयारी हुनुपर्थ्यो । केन्द्र र जिल्ला सदरमुकाममा मात्रै होइन, सम्भावित क्षेत्रमा राहत तथा उद्धार टोली पहिलेदेखि नै तैनाथ हुनुपर्थ्यो ।

तर यसपाली बाढी आउँदैछ भन्ने पूर्व सूचना र तयारी प्रभावकारी भएपनि जनधनको क्षति रोक्ने तथा बेलैमा उद्दार तथा राहतको काम प्रभावकारी हुन सकेन । विपत्तीबाट हुने क्षति रोक्ने तथा तत्कालै उद्धार तथा राहतमा जुट्ने सरकारको पूर्व तयारी फितलो भएकै कारण बाढी प्रभावितले पीडा खेप्नुपरेको छ ।

जे हुनु भैसक्यो । सरकारले बेलैमा जे गर्नुर्पथ्यो त्यो गर्न सकेन । अब सरकारको मात्रै मुख ताकेर पुग्दैन । तपाईं हामी नै आआफ्नो ठाउँबाट एकजुट हुनुपर्ने बेला भएको छ । जनधनको क्षति भैसकेपछि सुरक्षा निकाय उद्धार तथा राहतमा जुटेका छन् । प्रमुख दलहरुले आआफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएका छन् ।

यतिबेला सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधि, दलका नेता तथा कार्यकर्ता, सामाजिक संघसंस्थाका प्रतिनिधि सहित सबैले आआफ्नो तर्फबाट साथ र सहयोग दिन सके बाढी प्रभावितलाई थोरै भएपनि राहत पुग्छ । पीडाको बेला आफ्नो साथमा कोही छ भन्ने भयो भने मात्रै पनि पीडितलाई ठूलो आड भरोसा हुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुम्लाको तिला नदीमा जिप खस्यो

    जुम्ला, भदौ ७ – जुम्लाको पातरासी गाउँपालिकामा जिप दुर्घटना भएको छ । भे १ च २१ ४४ नम्बरको जिप सडकबाट तिला नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रु झारेर फर्कने क्रममा जिप दुर्घटना भएको र जिपका चालकको उद्धार गर्ने पहल भैरहेको प्रहरीले जनाएको छ ।

  • वर्षाको पानी जमेको खाल्डोमा पौडी खेल्दा एक बालकको मृत्यु

    सर्लाही, भदौ ७ – सर्लाहीको सलेमपुरमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर बुधबार एक बालकको ज्यान गएको छ । झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको ज्यान गएको हो ।

  • जबदीघाट पुल, गलत डिजाइनका कारण भत्किएको दाबी

    काठमाडौं, भदौ ७ – नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

  • खेलिरहँदा छतबाट खसेर बालकको मृत्यु

    झापा, भदौ ७ – घरको छतबाट खसेर झापामा एक बालकको ज्यान गएको छ । मेचीनगर नगरपालिका-१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षका छोरा जोना रसालको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

    रामेछाप, भदौ ७ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्वा गाउँपालिका वडा नं ३ टोकरपुरका धनबहादुर थापामगरको ज्यान गएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया