MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

अमेरिकाः मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु

साउन २९ – अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्‍यालीमा एउटा गाडी पस्दा एकजनाको ज्यान गएको छ । घटनामा अरु १९ जना घाइते भएका छन् । यसअघि भर्जिनियाको शार्लेट्सभिल्लेमा भएमा अमेरिकी श्वेत नाजीबाटी र त्यसका विरोधीबिच हिंसात्मक झडप पनि भएको थियो । शार्लेट्सभिल्लेका मेयरले घटनाबाट आफू दुःखी भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको विरोध गर्नुभएको छ भने स्थानीय प्रशासनले त्यहाँ आपतकाल अवस्था घोषणा गरेको छ । मासिनको भिडमा कार चलाउने चालक अहिले प्रहरीको हिरासतमा छन् । कार घटना बाहेक सडकमा भएको दुई समूहबिचको झडपमा अन्य १५ जना घाइते भएक छन् । अमेरिकी गृह युद्धको क्रममा दास प्रथाको समर्थनमा लडेका जनरलको मूर्ति हटाएको विरोधमा युनाइटेड द राइट नामबाट र्‍याली निकालिएको छ । यो र्‍यालीको विरोधमा अर्को र्‍याली निस्कँदा सडकमा झडपको अवस्था आएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया