MENU

समाज

Ncell Axiata
NIC Asia

देशका धेरै मुख्य सडकमा पहिरो, मुग्लिन–नारायणगढ सडक हिजोदेखि अबरुद्ध

काठमाडौं, साउन २९ – झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ । पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ । पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । 

यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ ।

झरीका कारण पहाडी जिल्लाका ग्रामीण भेगका बाटो पनि अबरुद्ध भएको छ । पहिरो र बाढीले देशका धेरैजसो ठाउँको सडक अस्तव्यस्त भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस