MENU

समाज

Ncell Axiata
NIC Asia

पत्रकार महासंघको महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं, साउन २९ – नेपाल पत्रकार महासङ्घले आफ्नो २५ औँ महाधिवेशनको तयारी लगभग पूरा भएको जनाएको छ । आउँदो भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो ।

महाधिवेशनले अध्यक्ष, दुईजना उपाध्यक्ष, महासचिव, ६ जना सचिव र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि महासङ्घलाई संघीय संरचनामा नेतृत्व चयन हुने छ भने केन्द्रमा दलित, मधेशी सचिव थपिएको छ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा कमिटिको नयाँ नेतृत्व पनि महाधिवेशनले चयन गर्नेछ । हरेकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनको निम्ति नौ विभिन्न उपसमितिले तयारी पूरा गरेका छन् ।

महाधिवेशनमा झण्डै एक हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । काठमाडौं बाहिरबाट आउने झण्डै एक हजार प्रतिनिधिलाई खान र बस्नका लागि सुन्धारा, बागबजार, सोह्रखुट्टेका झण्डै ३०० होटेल बुकिङ गरिएको उहाँले जानकारी गराउनुभयो । पत्रकार महासङ्घमा झण्डै १० हजार पत्रकार आबद्ध छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस