MENU

समाज

Ncell Axiata

पूर्व–पश्चिम राजमार्गमा पर्ने महोत्तरीका दुईवटा पुल भासियो, आवागमन ठप्प

शैलेन्द्र महतो/उज्यालो । 

धनुषा, साउन २९ – पूर्व–पश्चिम राजमार्गमा पर्ने महोत्तरीमा दुईवटा पुल भासिएको छ । धनुषा र महोत्तरी जिल्लाको बिचमा पर्ने बर्दिबासमा रहेको रातु नदीको पुल शनिबार बेलुका भासिएको हो । दुई वर्षअघि डाइभर्सन दिएको ठाउँमा पुलको केही भाग भासिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । पुल भासिएपछि शनिबार बेलुकादेखि नै पुलबाट सवारीसाधन आवागमन बन्द गरिएको थियो । आइतबार बिहानदेखि मालबाहक ठूला सवारी साधान बाहेक अरुलाई चल्न दिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै अविरल वर्षासँगै आएको बाढीले महोत्तरीको बर्दिबास नगरपालिका–४ माईस्थान रहेको जंगहा नदीको पुल भासिएको छ ।  पूर्व–पश्चिम राजमार्गमै पर्ने जंगहानदीको पुल भासिएपछि सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको डिएसपी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जंगहा पुलमा गाडी चलाउन मिल्ने अवस्था छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया