MENU

समाज

Ncell Axiata

बर्दियाः बबई नदीमा पानीको सतह १० मिटर पुग्यो

बर्दिया, साउन २९ – बर्दियाको बबई नदीको चेपाङमा पानीको सतह बढेर १० मिटर पुगेको छ । बबई नदीमा आएको बाढीले खतराको सतह पार गरेको हो ।

६ दशमलव १  मिटर भएमा खतरा मानिनेमा अहिले १० मिटर पुगेकाले बबई नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न प्रमुख जिल्ला अधिकारी विष्णबहादुर थापाले आग्रह गर्नु भएको छ । बबई नदीको चेपाङबाट अबको ३ देखि ६ घण्टामा मानव बस्तीमा बाढी पुग्ने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीले ठाकुरबाबा नगरपालिका बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र सदरमुकाम गुलरिया नगरपालिकाका विभिन्न बस्ती डुबानमा पर्ने जोखिम छ ।

शनिबार रातिदेखिको झरीले घरको  भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सत्ताघरुवाकी ७० वर्षका साउने थारुको ज्यान गएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया