MENU

समाज

Ncell Axiata

धादिङको तिघ्रानमा पहिरो, एउटा कार पुरियो

धादिङ, साउन २९ – माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० को तिघ्रान खानीमा एउटा कार पुरिएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको बा १३ च ७१४९ नम्बरको कार हिलोमा फस्दा माथिबाट आएको पहिरोले पुरिएको प्रहरीले जनाएको छ । शनिबार बेलुका त्यही ठाउँमा खसेको पहिरोले अर्को एउटा ट्रकको आधा भाग पुरेको थियो । त्यसलाई हटाएर एकतर्फी बाटो खुलाइएपछि गएको कार पनि पहिरोले पुरेको हो ।

कार र ट्रकमा रहेका मानिस भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । पहिरो खस्न थालेपछि पृथ्वी राजमार्गमा कुनै पनि गाडी चलाउन रोक लगाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया