MENU

समाज

Ncell Axiata

धनुषाः चारनाथ खोलाले बगाउँदा एकजनाको मृत्यु

धनुषा, साउन २९ – धनुषामा खोलाले बगाएर एक युवकको ज्यान गएको छ । गणेशमान चारनाथ नगरपालिका–१ फूलबरियाका २२ वर्षका राजाराम यादवको चारनाथ खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो गोठालो गएका राजाराम फर्किने बेला चारनाथ खोला तर्ने क्रममा बगेका थिए । 

स्थानीय बासिन्दा र प्रहरीले खोजबिन गरेपछि राति ८ बजे झण्डै २ किलामिटर पर राजारामको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । धनुषामा बाढीका कारण ८ सयभन्दा बढी घर डुबामा परेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया