MENU

खेल

Ncell Axiata

रियल मड्रिडसँग जिदानले गरे नयाँ सम्झौता

साउन २९ – युरोप तथा स्पेनको च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । रियल मड्रिडका पूर्व खेलाडी जिदानले प्रशिक्षकको रुपमा क्लबको जिम्मेवारी सम्हालको १८ महिना भएको छ । यो अवधिमा जिदानले दुईपटक च्याम्पियन्स लिग तथा एकपटक ला लिगाको उपाधि जितेका छन् । प्रशिक्षक जिदानले रियलसँगको आफ्नो सम्बन्ध सम्झौता र हस्ताक्षर भन्द गहिरो रहेको बताएका छन् । क्लबसँग जोडिन पाएकोमा आफू खुशी रहेको र यो सम्बन्धमा सम्झौता निकै गौण रहेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया