MENU

समाज

Ncell Axiata

सुनसरीः बाढीका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

सुनसरी, साउन २९ – सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । आइतबार बिहान सुनसरी खोलामा आएको बाढीले बस्ती डुबाउँदा भोक्राहाका बद्री मण्डलकी श्रीमतीको ज्यान गएको प्रहरीले जनाएको छ ।  

सुनसरी खोलामा आएको बाढीले तटबन्ध भत्काउँदै बस्तिमा पसेको छ । भोक्राहाका एक हजारजनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिनुभयो ।

यस्तै टेङग्राखोलाले कर्भट भत्काउँदा धरान इटहरी सडकखण्ड अबरुद्ध भएको छ । सुनसरीमा यसअघि बाढीमा परी ८ जनाको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया