MENU

समाज

Ncell Axiata

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि गृहमन्त्री नेपालगञ्ज आउँदै

बाँके, साउन २९ – बाढी प्रभावित क्षेत्रमा भइरहहेको उद्धार र राहतको विषयमा जानकारी लिन गृृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली आइतबार नेपाालगन्ज आउने भएको छ  ।

टोली केही समयपछि नेपालगन्ज आउने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो । बाँकेमा बाढीबाट हजारौँ नागरिक प्रभावित भएका छन् । मानिसहरु दुईदिनदेखि घर छोडेर सुरक्षित स्थानमा बसेका छन् ।

राप्ती सोनारी, डुडुवा, खजुरा, बैजनाथ गाउँँपालिकासहित नेपालगञ्ज उपमहानगरपालिकाका केही स्थान बाढीका कारण बढी प्रभावित भएका छन् । विशेषगरी राप्तीपारी स्थलमार्गको सम्बन्ध विच्छेद भएका कारण उद्धार र राहतमा कठिनाई भएको छ ।

हेलिकप्टरबाट राहत सामग्री पुर्‍याउने पहल भइरहेको प्रशासनले जनाएको छ । शनिबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गमा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया