MENU

समाज

Ncell Axiata

रौतहटः सुत्केरी बेथा लागेकी महिला बोकेको गाडी डुब्यो, ६ जनाको मृत्यु

रौतहट, साउन २९ –  रौतहटको राजपुर फरहदवा चोकमा बाढीमा डुबेर ६ जनाको ज्यान गएको छ । जिल्लाको परोरा गाउँपालिका–३ का रामसेवक प्रसाद यादवकी बुहारीलाई सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गरेको जीप फरहदवा चोकमा बाढीमा डुब्दा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा भाउजु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन गइरहेका बेला गर्भवती र आफन्त बोकेको गाडी फरहदवा चोक नजिकै लाल बकैया नदीको बाढीमा डुबेको थियो । ज्यान गुमाउने पाँचजना एकै परिवारका सदस्य रहेको पनि प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया