MENU

अर्थ

Ncell Axiata
NIC Asia

आइतबारका लागि राष्ट्र बैंकले तोकेको रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको सटही दर

काठमाडौं, साउन २९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ८२ पैसा  र विक्रिदर २३ रुपैयाँ ९६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९३ पैसा र विक्रिदर ८ रुपैयाँ ९८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०१ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३२ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया