MENU

समाज

Ncell Axiata

भोजपुरमा तीन दिनदेखिको बन्द खुल्यो

भोजपुर, साउन २९ – भोजपुरमा तीन दिनदेखिको यातायात बन्द खुलेको छ । स्थानीय प्रशासन र संघर्ष समितिबिच गएको असार १० गते हराएका अरुण गाउँपालिका–३ प्याउलीका १४ वर्षका रञ्जिव सापकोटा, १३ वर्षकी सुष्मा फुयाँल र ८ वर्षका प्रदीप फुयाँलको हत्यारा पत्ता लगाई दोषीलाई कारवाही गर्ने सहमति भएपछि समितिले बन्द फिर्ता लिएको हो ।

बन्द फिर्ता भएसँगै आइतबार बिहानदेखि धरानबाट भोजपुर गाडी चल्न थालेका हुन् ।  हराएको दुई दिनपछि असार १२ गते तीनैजना बालिबालिकाको  शव स्थानीय बासिन्दा तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया