MENU

समाज

Ncell Axiata
NIC Asia

मकवानपुरः दुईजनाको मृत्यु, ११ बेपत्ता

मकवानपुर, साउन २९ – मकवानपुरमा बाढीका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परि अन्य ११ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको मकवानपुरका प्रमुख जिल्ल अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–१० मंथलीमा सेरुखोलाले मंगलसिङ न्यासुरको घर पहिरोले बगाउँदा सातजना बेपत्ता भएका छन् ।

आइतबार बिहानै आएको पहिरोले घर बगाउँदा एकै परिवारका सातजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकास खनालले बताउनुभयो । त्यसैगरी बकैया गाउँपालिका–६ मन्दुगाउँका ४२ वर्षका वीरबहादुर घलानलाई स्थानीय खोलाले बगाएर ज्यान गएको छ । त्यसैगरी बकैयाँ गाउँपालिका–४ मा पनि एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका फापरबारी ज्यामिरेमा बाढीले एकजना बेपत्ता बनाएको खबर छ । बकैयाँ गाउँपालिका–३ मा पहिरोले चन्द्र खड्गीको घर पुर्दा दुईजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिनुभयो । शनिबार मकवानपुरको भिमफेदी गाउँपालिका–८ ईपा पाखाटोलमा पहिरोले पुरेर स्थानीय बासिन्दा मिठु दानीको ज्यान गएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया