MENU

खेल

Ncell Axiata
NIC Asia

नेइमारले छोड्दै छन् भन्ने पिकेलाई पहिले नै थाहा थियो

साउन २९ – बार्सिलोनाका खेलाडी जेराड पिकेले आफूले नेइमार क्लबमै बस्छन्, भनेर सामाजिक सञ्जालमा पोस्ट गर्ने बेला नै उनले बार्सिलोना छोड्छन् भन्ने थाहा पाएको बताएका छन् । पिकेले सामाजिक सञ्जालमा नेइमारसँगको तस्बिर पोस्ट गरेर उनी क्लबमै बस्ने बताएका थिए । तर नेइमार त्यसको केही दिनपछि नै विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी गएका थिए ।

नेइमारले त्यसबेला नै तस्बिर पोस्ट नर्गन भनेको तर आफूले पोस्ट गरेको पिकेले बताएका छन् । तस्बिर पोस्ट गर्ने बेलामै नेइमारले बार्सिलोना छोड्दै छन् भन्ने थाहा पाएको शनिबार पिकेले बताएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया