MENU

समाज

Ncell Axiata

बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५० पुग्यो

काठमाडौं, साउन २९ – बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृह मन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि भएको जनाएको छ ।

अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्कबिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ११ जना हराइरहेका छन् ।  

यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुवानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुबानमा परेका छन्  । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।

सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् भने बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया