MENU

समाज

Ncell Axiata
NIC Asia

प्राकृतिक प्रकोप, स्वास्थ्य, शिक्षामा सघाउँदै भारतमा कार्यरत सुदूरपश्चिमेली युवा

तपेन्द्र बिष्ट/उज्यालो । 

डडेलधुरा, साउन २९ – प्राकृतिक प्रकोपबाट आइपर्ने समस्यामा सहयोग गर्ने उद्देश्यले भारतका तीन मुख्य शहरमा सुदूपश्चिमेली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । 

चेन्नई, मुम्बई र पुनामा आउँदो भदौ १८ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिने सुदुरपश्चिमेली समाज भारत, तमिलनाडु राज्य समितिले जनाएको छ । तीज तथा गौरा पर्वको अवसर पारी आयोजना गरिने कार्यक्रममा देउडा कलाकारको प्रस्तुती रहने समितिका कोषाध्यक्ष पदम जान बोहराले उज्यालोलाई जानकारी दिनुभयो ।

कामको शिलशिलामा भारतमा रहेका सुदुरपश्चिमेली युवाले अनलाइनबाट केन्द्रीय समिती गठन गरेका थिए । भारतका प्रत्येक राज्यमा राज्यसमिति गठन गर्ने क्रममा ६ राज्यमा राज्यसमिति गठन गरिएको छ । 

सुदुरपश्चिमको कलासंस्कृतिको प्रचारप्रसार, प्राकृतिक प्रकोपबाट आइपर्ने समस्यामा राहतको व्यवस्था, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्ने उद्देश्यले सुदुरपश्चिम समाज भारत गठन गरिएको बैतडीका दिपेन्द्र धामीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया