MENU

समाज

Ncell Axiata

बालगृहमा बाढी पसेपछि ३६५ को हेलिकप्टरबाट उद्धार

चितवन, साउन २९ – पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । 

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो । यसअघि २०५९ सालमा बाढी आउँदासमेत बालगृह डुबानमा परेको थियो । 

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् । 

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताउनुभयो । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन । – रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया