MENU

समाज

Ncell Axiata
NIC Asia

भोलिदेखि मौसम खुल्ने

काठमाडौं, साउन २९ – पूर्वी नेपालमा तीन दिनदेखि परेको पानी बिस्तारै कम हुँदै गएको छ । दिउँसोदेखि पूर्वी पहाडी  र तराईका जिल्लामा पानी कम हुँदै गएको र भोलिसम्म मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेललले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

आइतबार राति र सोमबार  नवलपरासीदेखि पश्चिमको क्षेत्रमा झरी पर्ने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनभयो । बर्खायाम भएकाले मध्यम खालको झरी पर्न सक्ने तर शनिबार र शुक्रबारको जस्तो लगातार ठूलो बर्षाको सम्भावना तत्काललाई टरेको उहाँले जानकारी दिनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया