MENU

समाज

Ncell Axiata

कैलालीको पूर्वी क्षेत्रका अधिकांश स्थानहरु डुबानमा

कैलाली, साउन २९ – कैलालीको टिकापुर र भजनी क्षेत्रमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण झण्डै साढे १३ सय परिवार विस्थापित भएका छन् । हजारौं घरहरु डुबानमा परेका छन् । बाढीका कारण विभिन्न स्थानहरुमा फसेका चार सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी कैलालीले जनाएको छ । 

कैलालीको कर्णाली, काँडा, पथरैया र मोहना नदी गाउँ पसेपछि पूर्वी क्षेत्रका बस्ती डुवानमा परेका हुन् । टीकापुर नगरपालिकाका अधिकांश स्थान डुबानमा परेका छन् । बाढीका कारण टिकापुर अस्पताल, ईलाका प्रहरी कार्यालय लगायतका धेरै क्षेत्र डुवानमा परेका हुन् । टिकापुरको वडा नम्वर ६ का विभिन्न टोलहरुवाट एक सय परिवार विस्थापित भएका छ् । त्यसैगरी वडा नम्वर ७ वाट ६५ परिवार र वडा नम्वर ९ बाट १५ परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी कैलालीले जनाएको छ । 

भजनी नगरपालिकाको वडा नं. २, ३, ८ का ४ सय जनालाई उद्धार गरी हुलाकी राजमार्गको अग्लो ठाउँमा राखिएको छ । उद्धार गरिएका मानिसहरुमा बृद्धबृद्धा, बालबालिका र महिलाको अवस्था दयनीय छ । उनीहरुलाई भजनी नगरपालिका, रेडक्रस र प्रहरीको सक्रीयतामा त्रिपाल र राहत सामग्री चिउरा, चाउचाउ र खानेपानी वितरण गरिएको छ ।

अन्य विस्थापितहरु कोही आफन्तकोमा त कोही अग्लो ठाउँमा बसेका छन् । अझै बर्षा जारी रहेकोले उनीहरुलाई आइतबार राति सडकमै बासको व्यवस्था मिलाउन थालिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिनुभयो । 

बाढीका कारण भजनीवाट १ हजार एक सय ७५ परिवार विस्थापित भएका छन् । वडा नम्बर ८ को सोनाफाँटा, काँडाढिक कृष्णनगर लगायतका क्षेत्र डुवानमा परेपछि २५ परिवार विस्थापित भएर सुरक्षित स्थानमा वसेका छन् ।  
भजनीकै वडा नम्बर ८ का खल्ला, जनकपुर, छछर्वा, गोरचौरा  खैरा पकडिया, नयाँबस्ती, वर्दवाफाँटा, कुशुमघाट, दैलेखीटोल लगायतका क्षेत्रवा सवैभन्दा वढी एक हजार एक सय ५० परिवार विस्थापित भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया