MENU

समाज

Ncell Axiata

​बाढी पहिरोका कारण स्वास्थ्यमा समस्या आए यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं, साउन २९ – लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी पहिरोले हजारौं नागरिक घरबारबिहिन भएका छन् । खाद्यान्न र लत्ताकपडाको अभावले पीडितहरु छट्पटाइरहेका छन् । सफा खानेपानीको अभाव र उचित खाने कुराको अभावले महामारी फैलने खतरा उत्तिकै छ । महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

बाढी पहिरो पीडितलाई स्वास्थ्य उपचारलगायतका सहयोग गर्ने उद्धेश्यले  स्वास्थ्य मन्त्रालयले महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यलाई मोबाइलमा ९८५१०९६०८९मा  सिधै सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७ र ०१–४२६२२६८ मा सम्पर्क गर्न सकिनेछ । महाशाखाले सम्बन्धित जिल्लामा सम्पर्क गरेर आवश्यक ठाउँमा तत्काल स्वास्थ्यकर्मीको टोली खटाउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया