MENU

विज्ञान प्रविधि

Ncell Axiata

१ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

काठमाडौं, भदौ १ – बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

गएको साउन २९ देखि ३१ गतेसम्म टेलिकमको नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था भएको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएका छन् ।

त्यसैगरी टेलिकमको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको छ । विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ । जल तथा मौसम विज्ञान विभागले आवश्यकता अनुसारको संख्यामा आफैँ एसएमएस पठाउन सक्ने गरी टेलिकमले आवश्यक व्यवस्था गरिदिएको जनाएको छ ।

०७३ साल साउन १३ गते टेलिकम र जल तथा मौसम विज्ञान विभागबिच जल तथा मौसमजन्य विपत् सम्बन्धी पूर्व सूचना मोबाइल एसएमएस मार्फत पठाउने सम्बन्धी सम्झौता भएको थियो । त्यसैअनुरुप विपत् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएस मार्फत निःशुल्क रुपमा आवश्यक जानकारी गराउने कार्य निरन्तर चलिरहेको टेलिकमले जनाएको छ । 

यस्तै वर्षाका कारण विशेष गरी पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसञ्चारका उपकरणहरुमा समेत क्षति पुगेकोमा २०७४ भदौ १ गतेसम्ममा क्षति पुगेका उपकरणहरु मध्ये ९१ प्रतिशत भन्दा बढी सञ्चालनमा आइसकेका छन् । बाँकी उपकरणहरु पनि छिट्टै नै सञ्चालनमा ल्याई सेवा सुचारु गर्ने टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया