MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​ बाढी प्रभावित क्षेत्रमा रोगको महामारी देखिँदैछ, यसरी सजगता अपनाऔं

डा. शेरबहादुर पुन –

विश्वमा प्राकृतिक प्रकोप पछि सधै स्वास्थ महामारी हुने गरेको देखिन्छ । र त्यसको सम्भावना उच्च हुने गर्छ । अहिले दैनिक जसो बाढी पहिरो गएका ठाउँबाट झाडापखाला, श्वासप्रश्वास र ज्वरोका बिरामी बढिरहेको भन्ने समाचार आइरहेका छन् । यसले महामारीको संकेत गर्दैछ ।

नेपाल सधै प्राकृतिक प्रकोपको चपेटामा पर्ने गर्छ । नेपालमा हरेक वर्ष बाढी पहिरो जाने गर्छ । तर सधै प्रकोप भैसकेपछि मात्र हामी उद्धारमा सक्रिय हुन्छौ । नेपालको पूर्वदेखि पश्चिम तराई सम्म बाढी र डुवानको चपेटामा छ । दैनिकी सामान्यकरणसँगै अर्को ठुलो चुनौती भनेको स्वास्थ समस्या देखिएको छ ।

तत्काल र केही महिनाको अन्तरालमा गरी दुई पटक सरुवा रोगहरुको प्रकोप देखिने प्रबल सम्भावना देखिन्छ । यसै पनि हाल गर्मी र मनसुनको समयमा विभिन्न खाले सरुवा रोगहरु देखिने गर्दछ । बाढी पहिरोले गर्दा यो सम्भावना अझ बढाउने छ ।  

तत्काल देखिने सरुवा रोगहरु

१) झाडापखाला 
२) आँउ
३) हैजा 
४) टाइफाइड
५) जन्डिस 
५) लेप्तोइसपाईरोसिस
६) सिजनल फ्लु 

केही हप्ता वा महिनापछि देखिने सक्ने रोगहरु

१) मलेरिया 
२) डेंगु 
३) चिकनगुनिया
४) जापानी एन्सेफालाईटिस
५) वेस्ट नाइल भाइरस
६) स्कर्ब टाइफस 
७) क्षयरोग (टी.बी)     
सर्पदंशको समस्या भने अहिले र पछि पनि रहन सक्छ ।  

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य योजना बनाउँदा उल्लेखित समय अवधिलाई, खासगरी तत्कालिन र केही महिना पछि देखिने सक्ने रोगहरुको  सम्भावनालाई  ध्यानमा राखेर गर्दा उपचार र रोग नियन्त्रण अझ प्रभावकारी हुनेछ ।    

यी रोगहरुबाट बच्ने उपायहरु रहे पनि तत्कालको लागि बाढी पिडित पूर्ववत स्थितिमा वा सामान्य जीवनमा नफर्केसम्म नेपाल सरकार वा सहयोगी सस्थाहरुले नै जिम्मेवारी लिनु पर्दछ । बच्ने उपायहरु त जहाँ सामान्य दैनिकी चलेको छ त्यहाँ उपयुक्त हुन् सक्दछ तर  बाढी पिडितहरुसँग पानी उमालेर वा, फिल्टर गरेर वा राम्रोसँग पकाएर खान दाउरा वा ग्यास उपलव्ध हुँदैन ।

काँचो खानेकुरा राम्रोसँग पखालेर खान सफा पानी पनि हुँदैन । अझ भनौ नेपाल सरकारको सन्देशमूलक जानकारीहरु तत्कालको लागि व्यावहारिक देखिँदैन यद्यपी यी  जनचेतनामूलक सन्देशहरु सामान्य जीवनमा फर्केपछि भने उपयुक्त हुन् सक्दछ ।   

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया