MENU

समाज

Ncell Axiata

कैलालीको बाढी प्रभावित क्षेत्रमा स्नेह केन्द्र सञ्चालन

कैलाली, भदाै ६ - कैलालीको बाढी प्रभावित क्षेत्र भजनीमा स्नेह केन्द्र सञ्चालनमा ल्याइएको छ । बाढी प्रभावित परिवार र विस्थापित परिवारका गर्भवती, सुत्केरी र नवजात शिशुलाई लक्षित गरि स्नेह केन्द्र सञ्चालनमा ल्याइएको हो ।

ओरेक नेपालले विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालन गरिएको स्नेह केन्द्रमा आमा र बच्चाको लागि पोशिलो खाना, न्यानो कपडा, सुत्केरी सरसफाई किट वितरण गरिदै आएको छ ।

यस्तै गर्भवती, सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य परामर्श प्रदान गर्ने र बाढीका कारण रोगको संक्रमणबाट बच्ने उपायबारे जानकारी दिने काम पनि भैरहेको ओरेक नेपालकी जिल्ला संयोजक विनु रानाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस

सोसल मिडिया