MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

बाढीले भारत पुर्‍याएका चार गैँडा चितवन ल्याइयो, आज थप एक ल्याइने

चितवन, भदौ ८ – अविरल बर्षापछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पुर्‍याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो । रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताउनुभयो । 

बिहीबार बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उहाँले बताउनुभयो । भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर) गैँडा नेपाल ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ । लिङ्ग यकिन भइनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताउनुभयो । 

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पुर्‍याएको छ । नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन् । यी गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उहाँले बताउनुभयो । 
अहिलेसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया