MENU

बातावरण-कृषि

Ncell Axiata

केही दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाडौं, भदौ १० – अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालभन्दा पर रहेकाले अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

ठूलो पानी नपरे पनि स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम पानी भने पर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि देशका धेरै ठाउँको मौसम बदली छ ।

पूर्व र पश्चिमको धेरै ठाउँमा पूर्ण बदली भएपनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने आशिंक बदली छ । दिउँसोपछि पहाडी क्षेत्रमा पूर्ण बदलीभइ पानी पर्ने मौसमविद प्रधानाङ्गको अनुमान छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया